चीनले अनुदानमा दिएको खोप लिएर मंगलबार काठमाडौं आइपुग्दैछ ।राष्ट्रपती बिधा भण्डारिले सहयोग मागेपछी चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको चार्टर विमान मंगलबार काठमाडौं आइपुग्ने बताइएको छ ।
गत बुधबार चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए । सोही १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप आज काठमाडौं ल्याइन लागेको हो ।
नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आज दिउँसो साढे २ बजे खोप लिएर फर्किने बताए ।सोमबार राति ११ बजे बेइजिङका लागि उडेको विमान आज दिउँसो साढे २ बजे खोप लिएर फर्किने पौडेलले जानकारी दिए ।








