८ लाख डोज चिनियाँ खोप आज काठमाण्डौ आइपुग्ने



चीनले अनुदानमा दिएको खोप लिएर मंगलबार काठमाडौं आइपुग्दैछ ।राष्ट्रपती बिधा भण्डारिले सहयोग मागेपछी चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको चार्टर विमान मंगलबार काठमाडौं आइपुग्ने बताइएको छ ।

गत बुधबार चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गरेका थिए । सोही १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप आज काठमाडौं ल्याइन लागेको हो ।

नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आज दिउँसो साढे २ बजे खोप लिएर फर्किने बताए ।सोमबार राति ११ बजे बेइजिङका लागि उडेको विमान आज दिउँसो साढे २ बजे खोप लिएर फर्किने पौडेलले जानकारी दिए ।

 

प्रकाशित मिति : जेष्ठ १८, २०७८ मंगलबार  ३ : १८ बजे