लगातार स्थगित हुँदै आएको नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजे बस्न लागेको हो । बैठकमा राष्ट्रियसभाको निर्वाचनको समिक्षा , माधव नेपाल-झलनाथ खनाल समूहको गतिबिधि र जनता समाजवादी पार्टी महन्थ ठाकुर राजेन्द्र महतो पक्षको सरकारभा सहभागिताका बारेमा छलफल हुने एक नेताले जानकारी दिए ।
आजको बैठकले माधब नेपाल पक्षका थप १२ नेता माथी कारबाही गर्ने तयारी भएपनि कारबाहीको निर्णय केही दिन स्थगित हुन सक्ने ति नेताले बताए ।सोमबार साँझ दरबारमार्गको होटल याक एण्ड यतिमा एमालेका दुबै समुहका नेताहरु बिच भएको छलफल सगै थप कारबाही किही दिनका लागी रोकिन लागेको बताइन्छ ।
हिजोको छलफलमा सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवालीले तथा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी थिए ।अझै पनि पार्टीलाई एक बनाउने अबस्था भए नभएको लगायतका बिषयमा छलफल भएको जनाईएको छ ।








