निशेधाज्ञा केहि खुकुलो पार्ने उपत्यकाका सिडिओहरुको तयारि: यि क्षेत्र हुँदैछन खुल्ला



महामारी नियन्त्रणको लागि एक साता देखी जारी कडा निषेधाज्ञा अब केहि खुकुलो हुने भएको छ । काठमाण्डौ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज हुनलागेको बैठकमा निषेधाज्ञा खुकुलो बनाउने बारेमा छलफल हुने भएको हो ।

गत जेठ १४ मा थप गरिएको निषेधाज्ञाको समय दुई दिन बाँकी रहदा प्रमुख जिल्ला अधिकारीहरुले छलफल थालेका हुन ।जेठ अन्तिमसम्म निषेधाज्ञा जारी रहने तर केहि खुकुलो बनाउने बारेमा छलफल हुने काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीले जानकारी दिएका छन ।

यस अघिको निर्णयबाट बन्द गरिएका किराना पसल र डिपार्टमेन्ट स्टोर खुल्ला गर्ने तेस्तै सार्वजनिक निर्माण पनि खुल्ला गर्ने तयारी रहेको उनले जानकारी दिए ।जारी निषेधाज्ञामा अब चरणबद्ध रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सहजीकरण गरिँदै लैजाने प्रसासनको तयारी छ ।कोरोना संक्रमणको दर उच्च भएपछि उपत्यकामा गत शुक्रबारदेखि एकसाताका लागि निषेधाज्ञामा कडाइ गरिएको थियो ।निषेधाज्ञामा कडाइ गरिएपछी संक्रमण घटेको पनि सिडिओहरुको निष्कर्ष छ ।

प्रकाशित मिति : जेष्ठ १८, २०७८ मंगलबार  ५ : १४ बजे