धम्क्याएर अदालतलाई प्रभाबित पार्ने ओलिको दाउ : प्रदिप पौडेल



कांग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलिले अदालत र न्यायाधीशहरुलाई धम्क्याएर न्याय प्रभावित पार्न खोजेको आरोप लगाएका छन ।सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले यस्तो आरोप लगाएका हुन ।

जो कोहीलाई तुच्छ शब्दले होच्याउने ओलीले न्यायाधीशहरुलाई पनि तथानाम बोल्नु कुनै नौलो कुरा नभएपनी त्यसले न्याय सम्पादनमा प्रभाब पार्ने उनले उल्लेख गरेका छन ।देशको न्याय क्षेत्रप्रती ओलिले गरेको अमर्यादित व्यवहारले अदालत माथिको हस्तक्षेप भएको नेता पौडेलको दाबी छ ।

हिजो भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलिले पूर्वप्रधानन्यायाधिशहरु र वकिलहरुप्रती निर्मम भाषा प्रयोग गर्दै टिप्पणि गरेका थिए ।ओलिले गरेको टिप्पणिप्रती सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको छ ।बर्तमान सरकारको निरन्तरतामाथी सर्बोच्चमा मुद्दाको सुनुवाइ चलिरहेको बेला प्रधानमन्त्रीको अभद्र टिप्पणिले न्याय क्षेत्रमा पनि हस्तक्षेपको शुरुवात हुने कानुनबिदहरुको मत छ ।

प्रकाशित मिति : जेष्ठ १८, २०७८ मंगलबार  ६ : ३७ बजे