जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।मंगलबार बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले यादवलाई कारबाही गरेको हो ।
कार्यकारिणी समिति सदस्य सुरेन्द्र झाका अनुसुार यादवलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको बताए। यादवलाई कारबाही गरिएको पत्र आजै निर्वाचन आयोगमा पुर्याइएको उनले बताए ।उपेन्द्र यादव पक्षले महन्थसहितका चारजना नेतालाई निष्कासन गरेको थियो








