चीन सरकारले अनुदानस्वरुप प्रदान गरेको ८ लाख डोज भेरोसेल भ्याक्सिन मंगलबार दिउँसो काठमाडौं आइपुगेको छ ।मंगलबार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको छ ।
चीनले घोषणा गरेको मध्य बाकी २ लाख डोज खोप तिब्बत सरकारले उपलब्ध गराउने प्रक्रीयामा रहेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह पछी चीन सरकारले परामर्शपछि नेपालालाइ १० लाख डोज खोप दिने घोषणा गरेको थियो










