केहि दिनदेखी घट्न थालेको कोरोना सङ्क्रमणको ग्राफ फेरी बढ्न थालेको छ ।सरकारले परिक्षणा कम गरिएकाले संक्रमितको संख्यामा कमी आएको सार्बजनिक भएपछी परिक्षणको दर नघटाइएको सरकारले प्रष्ट पारेको छ ।
यसैबिच पछिल्लो २४ घण्टामा देशमा थप ६०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २० हजार १६५ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो ।यससगै संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।
तेस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६८ जनाले ज्यान गुमाएका छन ।यससगै यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामै यस्तै ६८९८ जना निको भएका छन् ।यससगै हालसम्म निको हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ । हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेका छन् ।










