काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको समय थप भएको छ । उपत्यकाका काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलको बुधवारको बैठकले आगामी जेठ ३१ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
अबको निशेधाज्ञामा जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ । अब किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न पाइने छ ।
यस्तै, विकास निर्माणको काम खुला गरिएको छ। तर, निर्माण सामग्री ओसार्न राति मात्र दिइने छ।
उपत्यकामा वैशाख १६ बाट निषेधाज्ञा लगाइएको थियो। जेठ १४ बाट उपत्यकामा निशेधाज्ञा कडा पर्दै खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर समेत बन्द गरिएको थियो ।








