नेकपा एमाले माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।बिहीबार बिहान ११ बजे बस्ने भर्चुअल बैठकमा पछिल्लो समसामयिक विषयमा कुराकानी सगै नयाँअ पार्टी बनाउने बारेमा छलफल हुन बताइएको छ ।
आज बस्ने बैठकले अब कसरी अघि बढ्ने भन्ने ठोस निर्णय लिने एक केन्द्रीय सदस्यले जानकारी दिए । हिजो (बुधबार) एक आफू निकट जनबर्गीय संगठनका अगुवाहरु संगको छलफलमा नेता नेपाललाई तत्काल नयाँ पार्टी गठन गरेर अघि बढ्न सुुुझाब दिएका थिए ।
दोस्रो तहका केही नेताहरु पार्टीलाई २०७५ जेठ जेठ २ को स्थितिमा फर्काउन संस्थापन पक्षसँग वार्तामा रहे पनि त्यसबाट कुनै निकास निस्कने सम्भावना नरहेपछि नेपाल पक्ष अब कडा रुपमै प्रस्तुत हुने भएको हो ।








