सर्वोच्च अदालतको ‘फुल कोर्ट’को बैठक बस्दै



सर्वोच्च अदालतको पूर्ण बैठक आज (शुक्रबार)बस्दै छ । आजको ‘फुल कोर्ट’ मा हाल बन्द रहेका नियमित मुद्दा, रिट, तथा निवेदनहरुमा पेशी तारिख लगायतका बारेमा छलफल हुने भनिए पनि सर्वोच्चद्धारा प्रतिनिधि सभा विघटनसम्वन्धि रिटको सुनुवाइका लागि पुनः गठन गरिने संवैधानिक इजलास गठनका विषयमा सबैको छसो रहेको छ ।

आज बस्ने ‘फुल कोर्ट’को बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनको विषय प्रवेश पाउने बुझिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालत बार एशोसिशनका पदाधिकारीबीच संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन लगायतबारे भएको सहमति भएको थियो ।

यस अघी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक डाकेका थिए ।इजलासमा तोकिएका दुई जना न्यायाधीशले आफूहरु इजलासमा नरहने भन्दै अलग हुने बताएपछि जबराले वरिष्ठताका आधारमा पुनः इजलास गठन गर्ने र त्यसका लागि नियमावली संसोधन गर्ने बताउँदै आएका छन् । प्रतिनिधि सभा विघटनको मुद्दामा २३ गतेका लागि इजलास तोकिएको छ ।

प्रकाशित मिति : जेष्ठ २१, २०७८ शुक्रबार  ३ : ०३ बजे