नागरिकता बिधेयकबिरुद्दको रिटमा संवैधानिक इजलासको सुनुवाई हेर्दाहेर्दैमा



सरकारले ल्याएको नागरिकता अध्यादेशविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा आज भएको रिटमाथी को सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

अब अर्को सुनुवाई जेठ २७ गते हुने बताइएको छ । रिटमा निवेदकले उक्त अध्यादेशअनुसार नागरिकता वितरण रोक्न माग गरेका थिए, तर प्रारम्भिक सुनुवाई नै नसकिएपछि अन्तरिम आदेश जारी हुन सकेन ।जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने गरी जारी गरिएको नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा ७ वटा रिट निवेदन परेको छ

प्रकाशित मिति : जेष्ठ २१, २०७८ शुक्रबार  ९ : ५५ बजे