चुरे दोहन रोक्न बजेटको बुदा न. १९९ बदरको माग गर्दै बरीष्ठ अधिबक्ता त्रीपाठिले गरे सर्बोच्चमा रिट पेश



बरीष्ठ अधिबक्ता दिनेश त्रीपाठिले ढुङ्गा गिट्टीको निर्यात खुला गर्ने  नयाँ बजेटको प्रबधान खारेज गराउन माग गर्दै  सर्बोच्च अदालतमा रिट निबेदन पेश गरेका छन ।उनले ढुङ्गा गिट्टी निर्यात गर्न खुला गरिएको बजेटको बुदा न. १९९ लाई बदर गर्न उत्प्रेषणको आदेश माग गर्दै रिट पेश गरेको न्यू सञ्चारलाई जानकारी गराएका छन ।

चुरे क्षेत्रको वातावरण बिनासलाई रोकी सो क्षेत्रको वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राख्नका बजेटको बुदा न १९९ खारेज गरिनुपर्ने त्रीपाठिको भनाइ छ ।रिटमा त्रीपाठिले चुरे क्षेत्रको वातावरण संरक्षणका साथै त्यस क्षेत्रको जैविक बिबिधता,प्राकृतिक संपदा, जल भंडारण इत्यादिको संरक्षणका लागि दीर्घकालीन बृहत कार्ययोजना निर्माणका लागि सरोकारवाला समेत संलग्न बिशेषज्ञहरुको एक समिति गठन गराउन पनि माग गरेका छन ।

चुरेक्षेत्रमा हुने चोरी निकासी एव गैरकानूनी ढङ्गले हुने अनियन्त्रीत दोहनलाई रोक्न प्रभावकारी उपाय अवलंबन गराउन चुरेक्षेत्रको बिकासका लागि  शक्तिसम्पन्न प्राधिकरण निर्माण गराउन पनि आदेश माग गरिएको छ ।साथै मुद्दाको टुङ्गो नलागेसम्म बजेटको बुदा न . १९९ लाई तत्काल कार्यान्वयन नगर्न नगराउन पनि रिटमा अन्तरिम आदेश माग गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ २१, २०७८ शुक्रबार  १० : १४ बजे