एमाले नेता भिम रावलले अमेरिकाले नेपाललाई दिन लागेको खोपलाई सरकार र राष्ट्रपतिको सफलता भनेर ब्याख्या गरिने कूटनीतिबाट राष्ट्रिय स्वाभिमान झिक्दाको परिणाम भएको बताएका छन ।
अमेरिकाले विश्वका विभिन्न मुलुकहरूलाई २ करोड ५० लाख डोज खोप वितरण गर्ने योजना सार्वजनिक हुने बित्तिकै राम्रोसँग बुझ्दै नबुझी राष्ट्रपतिका सञ्चार विज्ञ टिका ढकालले नेपालाई अमेरिकाले ५० लाख डोज खोप दिन लागेको भन्दै अफवाह फैलाएका थिए ।
उनले फैलाएको अफबाह प्रती लक्षित गर्दै नेता रावलले उच्च तहमा रहेकाहरु वाह्य शक्तिको भक्तिमा बानी परेको परिचायक भएको आरोप लगाएका छन ।








