अष्ट्रेलियाद्वारा नेपाली सेनालाई १८ लाख डलर बराबरको स्वास्थ्य सामाग्रीहरु प्रदान



अष्ट्रेलिया सरकारले नेपाली सेनामार्फत नेपाललाई १८ लाख डलर बराबरको स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ ।

अष्ट्रेलियाली वायुसेनाको सैनिक जहाजमार्फत स्वास्थ्य सामाग्रीहरु नेपाल ल्याएको अष्ट्रेलियाली दुताबसले जानकारी दिएको छ ।

कोभिड-१९ माहामारीमा अग्रपङ्क्तिमा कार्यरत नेपाली सेनालाई वेष्टर्न अष्ट्रेलिया सरकारले प्रदान गरेको दुताबसले जानकारी दिएको छ ।

सहयोग सामाग्रीहरु त्रिभुवन बिमानस्थलमा सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपालस्थित अष्ट्रेलियाली दुताबास मार्फत हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति : जेष्ठ २२, २०७८ शनिबार  १० : ५१ बजे