उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति प्रधानमन्त्रीको अनभिज्ञताले आश्चर्य लाग्यो : बामदेब गौतम



नेकपा एमालेका नेता बामदेव गौतमले नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महताेले दिएको बिबादित अभिव्यक्ति देशभक्त नेपालीका लागि स्वीकार्य हुन नसक्ने बताएका छन ।शुक्रबार शपथग्रहण गरेको आधाघण्टा नबित्दै दिइएको अन्तर्वार्तामा उपप्रधानमन्त्री महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको भनेका थिए।

नेता गौतमले सामाजिक सञ्जालमार्फत आज एक वक्तव्य जारी गर्दै महतोले बहुराष्ट्र बनाउने भनेर दिएको अन्तर्वाताले आफू दुःखी भएको पनि बताएका छन् । एमाले नेता गौतमले उपप्रधानमन्त्री महतोले अहिले पनि सञ्चालन गरिरहेको आन्दोलन नेपाललाई विखण्डन गर्नेभन्दा अर्को हुननसक्ने जिकिर गर्दै नेपाललाई विघटन गर्ने आन्दोलन कुनै पनि देशभक्त नेपालीको लागि स्वीकार्य नहुने बताए ।

गौतमले महताेको उक्त मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकट गरेको अनविज्ञताप्रति आश्चर्य प्रकट गरे ।राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्नेभन्दा अर्को हुन सक्दैन,” गौतमले भनेका छन् ।

प्रकाशित मिति : जेष्ठ २२, २०७८ शनिबार  ११ : ४३ बजे