शनिबार ५ हजार धेरैमा संक्रमण पुष्टी , ६८ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ११ हजार ४७१ र एन्टिजेन विधिबाट ५ हजार ३४३ जनाको कोरोना परीक्षण गर्दा एन्टीजेन परीक्षणमा १५०२ र पीसीआर परीक्षणमा ३ हजार ५४० गरी कुल ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अबढीमा ८ हजार २४३ जना संक्रमण मुक्त भएका छन भने ६८ जनाले ज्यान गुमाएका छन् ।

 

प्रकाशित मिति : जेष्ठ २२, २०७८ शनिबार  १२ : २२ बजे