प्रतिनिधिसभा विघटन मुद्दामा सुनुवाई आज : नयाँ संवैधानिक इजलास गठन हुँदै



प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा आइतबार सुनुवाई हुँदै छ । यसअघी न्यायाधीशको निष्पक्षतामाथि सार्बजनिक प्रश्न उठेपछी इजलास स्थगित गरिएको थियो ।संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठबारे प्रश्न उठेपछी प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलास स्थगित गरेका थिए ।

संवैधानिक इजलासमा नै विवाद भएपछि रोकिएको संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ रोकिएपछी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दामा सुनुवाइ गर्न आज नयाँ संवैधानिक इजलास गठन गर्ने बताएका थिए ।

आइतबार प्रधान न्यायाधीशले संवैधानिक इजलास गठन गर्नेछन् । वरिष्ठताको आधारमा इजलास गठन गर्न प्रधानन्यायाधीश राणामाथी दवाब छ । सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पुर्णमान शाक्य सहितका प्रतिनिधि र सर्बोच्चका अन्य न्यायाधिशहरुले वरिष्ठताको आधारमा इजलास गठन गर्न प्रधानन्यायाधीश राणामाथी दवाब दिएका छन ।

 

प्रकाशित मिति : जेष्ठ २३, २०७८ आइतबार  २ : ५९ बजे