प्रधानमन्त्री केपी शर्मा ओली निकटका कानुन व्यवसायीले आज गठन गरिएको संवैधानिक इजलासका न्यायाधीशले उक्त मुद्दा हेर्न नमिल्ने भन्ने जिकिर गरेपछी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उनिहरुलाई मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् ।
संवैधानिक इजलास सुरु हुनासाथ ओली निकटका कानुन व्यवसायीले ११ जना न्यायाधीश कसैले पनि हेर्न नमिल्ने तर्क गरेपछि प्रधानन्यायाधीश राणाले यस्तो चेतावनी दिएका थिए ।
न्यायाधीश राणाले आइतबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए । संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई छानेका छन् । प्रधानन्यायाधीशको नेतृत्वमा गठन गरिएको इजलासमा सम्मिलित न्यायाधीश संवैधानिक इजलासको रोष्टरमा रहेको मध्येका वरिष्ठ हुन् ।
प्रधानमन्त्री पक्षका वकिलहरु यज्ञमणि न्यौपाने, राजाराम घिमिरे, कृष्ण भण्डारी, धनजित बस्नेतले वरिष्ठ ११ जना न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने, संसद् पुनःस्थापना भएपछि पनि केपी शर्मा ओलीकै निरन्तरता हुनुपर्नेलगायतका विषय समेटेर निवेदन दिएका छन् ।
उनिहरुको निबेदनपछी प्रधान न्यायाधीशराणाले भने‘इजलास प्रतिको विश्वास तपाईहरुको कर्तब्य हो । अहिले जुन निवेदन राख्नुभो यो निवेदन अनुसार मुद्दा हेर्न सक्ने अवस्था सिर्जना भएन् । यो निवेर्दन र्फिता लानुस अन्यथा कठिन रुपमा मानहानीको मुद्दा चलाउँछु । दर्ता गर्ने कि परिणामा भाग्ने ?’ उनले सोधे ।








