मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुरे दोहनविरुद्ध प्रदर्शन गर्ने नेविसंघ महामन्त्रीसहित ९ जना गोंगबुबाट पक्राउ



नेपाल विद्यार्थी संघका ९ जना नेता तथा कार्यकर्ताहरु काठमाडौ‌को गोंगबुबाट पक्राउ परेका छन् ।चुरे दोहन विरुद्ध प्रदर्शन गर्ने क्रममा नेविसंघका महामन्त्री दीपक भट्टराईसहित परोपकार अधिकारी, किशोर गुरुङ, धर्मराज शाही , सुमन थापा मगर, दीपेन्द्र ढकाल, हिक्मत शाही, सुदर्शन पनेरू पक्राउ परेका हुन ।

प्रदर्शनमा सहभागिहरुले प्रभुलाई भेटी चुरेको गिट्टी, चुरे दोहन बन्द गर लगायतका नारा लगाएका थिए ।तेस्तै उनिहरुले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको बहुल राष्ट्रिय राज्यबारेको अभिव्यक्ति बिरुद्द पनि नाराबाजी गरेका थिए ।उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १० : ४७ बजे