मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनमोर्चाका सांसद थापालाई पुनर्वहाली गर्न सर्बोच्चको आदेश



सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले उक्त आदेश दिएको हो ।

थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशमार्फत बदर गरेको हो । थापालाई जनमोर्चाले सांसदबाट हटाएपछि उनी सर्वोच्च पुगेका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  १० : ५६ बजे