सुनकोशी गाउँपालिका ८ च्यानमका समाजसेवी तथा युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोषकुमार बस्नेत र उवाहाका भिनाजु यज्ञबहादुर बस्नेतले कोभिड संक्रमणबाट बचाउ अभियान सुरु गर्नुभएको छ । गाउँमा कोरोना भाइरस महामारीले सताउन थालेपछि उहाहरुले साला–भेना अभियान सुरु गर्नुभएको हो ।
अभियान बाट शनिबार कोभिड– १९ संक्रमणको चपेटामा परेका अति विपन्न र अपांगता भएका ब्यक्तिलाई खाद्यन्न र वडाबासीलाई मास्क तथा हात धुने साबुन उपलब्ध गराइएको छ । सुनकोशी गाउँपालिका वडा न ८ र ७ मा नागिरकको स्वास्थ्य अवस्था ख्याल गर्दै खाद्यान्न तथा स्वास्थ्य सामाग्री उपलब्ध गराएको अभियान्ता सन्तोष बस्नेतले बताउनुभयो । सुनकोशी गाउपालिका वडा न ७ र ८ का वडा अध्यक्ष श्याम कट्वाल र गुणराज भट्टराईलाई वडा मार्फत वितरण गर्ने गरी उपलब्ध गराएको हो । वाडाबासी नागरिकलाई कोरोना संक्रमण हुन नदिन र बन्दाबन्दीको समयमा काम गर्न नपाएर खान समस्या हुने अति विपन्न परिवारलाई आवश्यक स्वास्थ्य सामाग्री तथा खाद्यान्न सहयोग गरेको बस्नेतको भनाइ छ ।
उवाहाहरुले साला–भेना अभियान मार्फत ६ हजार थान सर्जिकल मास्क, ८ सय थान साबुन र १५ बोरा चामल वडा कार्यालयलमा हस्तान्तरण गरेको बताइएको छ । विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य सामाग्री र संक्रमणको त्रासका कारण आयआर्जन गर्न नसकेका विपन्न परिवारलाई खाद्यन्न सहयोग गरिएको बस्नेतले बताउनुभयो । खाद्यान्न, स्वास्थ्य सामाग्रीका अलवा मनोसामाजिक परामर्श तथा सचेतनाका कुराहरुमा समेत गाउलाई सहयोग गरिएको वाहाको भनाइ छ ।
वडा अध्यक्ष श्याम कट्वाल र गुणराज भट्टराइले बस्नेत साला भेनाको काम प्रति प्रशंशा गर्दै संकटको वेलामा आएको सानो सहयोगले पनि आफ्ना नागरिकहरुको स्वास्थ्य सुरक्षा र खाद्य सुरक्षमा टेवा पुग्ने बताउनुभयो । सन्तोषले यस अघि पहिरोको प्रकोपमा परेका स्थानीय दलित समुदायलाई आफ्नो अंशको जग्गा दिएर एकिकृत नमुना वस्ती बनाउन सहयोग गर्नुभएको थियो ।








