ओलीको घोषणा पछी नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै



नेपाल एमालेको माधव नेपाल,झलनाथ खनाल पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ

।आइतवार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ३ अघिको पूर्ववत् अवस्थामा पार्टीलाई शसर्त फर्काउने घोषणा गरेसँगै खनाल – नेपाल पक्षले आकस्मिक स्थायी कमिटीको बैठक बोलाएको हो ।

बैठक बिहान ११ बजेलाई बोलाईको छ । त्यस्तै नेत्री रामकुमारी झाँक्रीका अनुसार आजको बैठकबाट बिकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिवारे पार्टीको संस्थागत धारणा आउने बताईएको छ ।

नेपाल एमालेको माधव नेपाल पक्षमा पक्षओलीको कदम सकारात्मक रहेको र ओलीले भुल्याउन खोजेको भन्ने दुईथरी मत प्रकट भएका छन।

प्रकाशित मिति : जेष्ठ २४, २०७८ सोमबार  २ : ५९ बजे