कोभिड महामारीमा जन्मभूमि सम्झदै पूर्व विद्यार्थी समूह



सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविका पूर्व विद्यार्थीहरुले नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । कोरोना भाइरस संक्रमण दर बृद्धि भैरहदा सजउमावि २०४३ सालको एलएलसी व्याचका विद्यार्थीहरुको समुहले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

उक्त विद्यालयबाट २०४३ सालमा एसएलसी उर्तीण भएर विभिन्न पेशा, व्यवसाय र सेवामा आबद्ध भएका पूर्व विद्यार्थीहरुको समुहले सिद्धिचरण नगरपालिकामा रहेका ११ वटा स्वास्थ्य चौकी ३ वटा शहरी स्वास्थ्य केन्द्र र २ वटा अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सगरमाथा जनता माविको प्राङ्गणमा स्वास्थ्य संस्थाका प्रतिनिधीहरुलाई सिद्धिचरणका मेयर मोहनकुमार श्रेष्ठको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको पूर्व विद्यार्थी तथा एमाले नेता हशंराज वाग्लेले जानकारी दिनुभयो । विभिन्न राजनीतिक नेतृत्वबाट वितरण भएका स्वास्थ्य सामग्री लक्षित वर्गमा पुग्न नसकेकाले लक्षित वर्गको पहुँच हुने गरि वडा–वडाका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको वाग्लेले बताउनुभयो । पूर्व विद्यार्थीहरुले ल्याएका सबै स्वास्थ्य सामग्री विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभित्र रहेको बताइएको छ ।

सो समुहमा देश विदेशमा रहेका पूर्व विद्यार्थीहरुले संकलन गरेको रकमबाट पल्स अक्सिमिटर ३० थान, थर्मलगत ३५, फेससिल्ड २५०, पिपिइ सेट ६०, एथानल स्प्रे १०० लिटर सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नगरपालिकाभित्रका ११ सवस्थ्य चौकी, ३ शहरी स्वास्थ्य केन्द्र्र, ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटार र सामुदायिक अस्पताल, सगरमाथा जनता माविलाई सामग्री हस्तान्तरण गरिएको पूर्व विद्यार्थी एवं शसस्त्र प्रहरीका पूर्व एआइजी तथा परराष्ट्रमामिला अध्यान प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश श्रेष्ठले बताउनुभयो । यो कुनै राजनीतिक रुपमा नभई नितान्त ०४३ सालका एसएलसी व्याजका विद्यार्थीहरु बाट व्यत्तिगतरुपमा आफ्नो जन्मभूमिलाई सम्झनास्वरुप सहयोग गरिएको वाहाको भनाइ छ ।

२०४३ एसएलसी व्याचका शसस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरिक्षक राजेश श्रेष्ठ, एमाले नेता हंशराज वाग्ले, व्यवसायी दिनेश राजभण्डारी, शिक्षक कान्ति राजभण्डारी लगायतको सक्रीयतामा सामग्री हस्तान्तरण गरिएको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न र स्वास्थ्य संस्थाहरुलाई सामग्री अभावले सेवा प्रवाहमा कमजोरी नहोस् भन्ने हेतुले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सो समुहले जनाएको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरणसँगै स्वास्थ्यकर्मीहरुलाई ओम समाज डेन्टल अस्पताल र विराज समाजको तर्फबाट शुरु गरिएको कोभिड १९ विरुद्धको मेचिकाली मनोपरामर्श अन्र्तगत डा. सुबास घिमिरे, अभिनेता निखिल उप्रेति, शिक्षा क्षेत्रका विज्ञ कर्ण शाही लगायतले सहजीकरण गरेका थिए । सहजकर्ताहरुले सामूहिक एकता र उच्च मनोबलले कोरोना भाइरलाई जित्न सकिने बताउनुभयो ।

संकटको वेलामा पूर्व विद्यार्थीहरुको गरेको महत्वपूर्ण सामाजिक कार्यप्रति विद्यालयपरिवारको तर्फबाट प्रधानाध्यापक डिल्लीराम कार्कीले प्रशंसा गर्नुभया । कोरोना महामारीको समयमा ज्यानको पर्वाह नगरि २०४३ को एसएलसी व्याचले गरेको सामाजिक सहयोगबाट नगरक्षेत्रको स्वास्थ्य सुरक्षमा सहयोग पुगेको सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : जेष्ठ २४, २०७८ सोमबार  ८ : ४८ बजे