मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माधब नेपाल पक्षद्धारा अध्यक्ष ओलीको एकता प्रस्ताव अस्वीकार, यस्तो छ बैठकको निष्कर्ष



नेकपा एमालेको माधब नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीको एकता प्रस्ताव अस्वीकार गरेको छ।नेपाल पक्षको सोमबार बसेको भर्चुअल स्थायी कमिटी बैठकले ओलीले सारेको ६ बुँदे एकता प्रस्ताव पार्टी एकताको पक्षमा नभएकाले त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको हो।

ओलिको प्रस्ताव पार्टी एकताको पक्षमा नभएको र जालझेलपूर्ण तरिकाले यो प्रस्ताव आएकोले आफूहरु त्यसमा नफस्ने निर्णय गरेको बैठकमा सहभागि स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारि दिए।अफ्ठेरो अवस्थामा पुगेपछी ओलिले देखावटी रुपमा पछी हट्ने स्विकारोक्ती देखाएको उनको भनाइ छ।

उनले पुरानो कारबाही फिर्ता नलिने र नयाँ कारबाही गर्दिन भन्नुको कुनै तुक नरहेको बताए । त्यस्तै पुरानै जनसंघटन क्रियाशील तुल्याउने सन्दर्भमा पनि ओलीको नियत लुकेको बताए । “मूलभूतरूपमा पुरानै कमिटी ब्युँताउने भनेको आफूलाई मन परेका मानिस मात्रै राख्ने भन्ने हो यो कुरा स्वीकार्न सकिँदैन ।”

बैठक् बस्नु अघिनै नेपाल समुहका धेरै नेताले ओलिले गरेका राष्ट्रघाति कामको जिम्मा लिन नसकिने भएकोले अब एकता सम्भब नभएको प्रतिक्रीया दिएका थिए।आजको बैठकमा बोल्ने धेरैले संविधान मिचेर संसद विघटन गरेकोप्रति ओलिले माफि माग्नुपर्ने र संसद विघटन फिर्ता लिन ओलि तयार भएमात्रै एकता सम्भब् हुने धारणा राखेका थिए।

बैठकमा सहभागि अर्का नेता नेता युवराज ज्ञवालीले अध्यक्ष ओलीको प्रस्तावमा आफ्नो समुहले लिखित जवाफ नै दिने तयारी गरेको समेत जानकारी दिए ।तेस्तै आजको बैठकले ओलीले भनेजस्तो प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा पुगेको मुद्दाको हस्ताक्षर समेत फिर्ता लिन नसक्ने ठहर गरेको पनि नेता ज्ञवालीले जानकारि दिए।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  १० : ०३ बजे