आमा बाबुको सम्झानामा स्वास्थ्य सुरक्षा सामग्री वितरण



कोरोना भाइरस संक्रमण जोखिम न्यूनिकरणका लागि परराष्ट्रमामिला अध्यान प्रतिष्ठानका कार्यकारी निर्देशक तथा सशस्त्र प्रहरीका पूर्व एआइजी राजेश श्रेष्ठको परिवारले स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गर्नुभएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नयाँ भेरियन्टको संक्रमण बढीरहेको समयमा दिवंगत आमा बुबा घनश्याम–जालपादेवी श्रेष्ठको सम्झनामा स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गर्नुभएको हो ।

आफ्ना दिवंगत आमा बाबुको सम्झनामा जिल्लाका दुई वटा स्वास्थ्य संस्थामा स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको परराष्ट्रमामिला अध्यान प्रतिष्ठानका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । आफ्नो जन्मभूमि सम्झेर वेलावेलामा केही न केही लिएर ओखलढुंगा आइरहने श्रेष्ठले यस पटक ओखलढुंगा साुदायिक अस्पताल मिसन र जिल्ला अस्पताल रुम्जाटारलाई पूनः प्रयोग गर्न मिल्ने पिपिइ सेट हस्तान्तरण गरेको बताउनुभयो । सामुदायिक अस्पताल लाई ३५ थान र जिल्ला अस्पतालमा १५ थान पिपीइ सेट व्यक्तिगत रुपमा उपलब्ध गराएको उवाहाले जानकारी दिनुभयो ।

जागिर खाएको २३ बर्षमा सेवाबाट रिटायर्ड हुनुभएका श्रेष्ठ सामाजिक सेवामा लाग्नुभएकोे छ । ओखलढुंगाको रामबजारमा जन्मनुभएका क्षेष्ठले तीन बर्ष अघि आफु पढेको जगरमाथा जनता माविमा ५ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । सजउमाविमा अध्यान गर्ने दलित जेहेन्दार छात्र छात्राहरुका लागि पढाइमा सहयोग पुगोस भन्नेहेतुका साथ विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर सहयोग गर्ने गरी अक्षयकोष स्थापना गरिदिएको श्रेष्ठको भनाइ छ ।
यस बर्ष कोभिड संकटकोवेला स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि आफ्ना आमा बाबुको संझानामा स्वास्थ्य सुरक्षा सामग्री दिइएको श्रेष्ठ परिवारले जनाएको छ । आगामी दिनमा जन्मभूमिका नागरिकको अवस्था र आवश्यक्त अनुसार आफ्नो तहबाट सक्दो सहयोग गर्ने र जिवनभर ओखलढुंगाका नागरिक संगसंगै सहकार्य गर्ने लागि पर्ने श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : जेष्ठ २४, २०७८ सोमबार  १२ : १४ बजे