मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चायत कालको मण्डले समुह जस्तै एमालेमा पनि सुकुलगुण्डा समूह खडा गरियो : घनश्याम भुसाल



नेकपा एमालेका नेता घनश्याम भुसालले आफूहरुविरुद्ध अनर्गल प्रचार गर्न गिरोहनै सक्रीय रहेको भन्दै भन्दै आपत्ति जनाएका छन् ।पञ्चायत कालमा  बिरोधिको खेदो खन्न मण्डले समुह बनाइए जस्तै अहिले एमालेमा पनि ‘सुकुलगुण्डा’ समूह खडा भएको उनको दाबि छ।

एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ भन्दै उनले पार्टी राजनीतिलाई विकृत बनाउन ‘सुकुलगुण्डा’ समूह खडा भएको टिप्पणी गरेका छन्।

“फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ । पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो ।” भुसालले भनेका छन ” पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन? अनि परिणाम पनि त्यस्तै हुने त होइन?”

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  १२ : ४३ बजे