मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद् बिस्तार विरुद्धका रिटमा आज सर्बोच्चमा सुनुवाई



पछिल्लो पटक गरिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटहरु माथि आजबाट सुनुवाइ हुदैछ। कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत ६ जानले छुट्टाछुट्टै रिट दायर गरेका छन्।

प्रधानमन्त्रीले जसपाका महन्त ठाकुर पक्षलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेपछि । कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद् विस्तार खारेज् गर्न माग् गर्दै पेश गरिएका रिटहरुमथि सुनुवाइका लागि भर्चुअल माध्यमबाट सुनुवाई गर्नेगरी सर्वोच्च अदालतले आजलाइ पेशी तोकेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ३ : ४४ बजे