मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ: प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुने दाबी गरेका छन् ।न्यायालयले संविधानलाई नै हेरेर फैसला गर्ने भएकाले संसद पुनःस्थापना हुनेमा आफू ढुक्क भएको बताएका हुन् ।

मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले संविधानअनुसार अहिले प्रतिनिधि सभा विघटन गर्न नमिल्ने भएकाले न्यायालयले संविधान अनुसार फैसला गर्ने विश्वास व्यक्त गरेका हुन् ।

गत पुस ५ गते भएको संसद विघटन सर्वोच्च अदालतबाट पुनःस्थापित भएकाले अहिले पनि सोही अनुसार फैसला आउने बताएका हुन् । उनले ठूला राजनीतिक दलहरुपनि प्रतिनिधि सभा विघटनविरुद्ध रहेको जनाए ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दा नेपाली कांग्रेसले ढुलमुले चरित्र देखाएपनि अहिले भने कांग्रेस दोधारमा नरहेको स्पष्ट पारे । उनले अहिले एमालेको माधव नेपाल पक्ष र जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादवका साथै राष्ट्रिय जनमोर्चा पनि विघटनविरुद्ध रहेको पनि उल्लेख गरे ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  १२ : ०४ बजे