मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओली, नेपाल र खनालकै कारण एकतामा समस्या भयो : योगेश भट्टराई



नेकपा एमाले नेता योगेश भट्टराईले एमाले मिल्न नसक्नुमा पार्टीका शीर्ष नेता जिम्मेवार रहेको बताएका छन् ।उनले आफूहरु नमिल्ने तर विपक्षी दलसँग गठबन्धन गर्न तयार हुने समस्याले नै एमाले एकता हुन नसकेको बताएका हुन।

सामाजिक सञ्जालमार्फत् धारणा अराख्दै उनले पार्टी एकता बचाउने हो भने शीर्ष नेताहरुबीच गम्भीर छलफल मार्फत् साझा निष्कर्षका साथ साझा अभियान चलाउनु पर्ने धारणा व्यक्त गरे।

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जेएन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने,’ उनले लेखेका छन्, ‘कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कसले, किन र केकालागि गर्दैछ यो सब?’

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ४ : २५ बजे