मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ प्रतिष्ठानहरुको स्वायत्ततामा अतिक्रमण नगर्न सरकारलाई कांग्रेसको चेतावनि



नेपालि कांग्रेसले बजेटमार्फत क्यान्सर संस्थानको अवधारणा मार्फत ३ वटा स्थापित क्यान्सर अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्ने सरकारको प्रयासप्रति आपत्ति जनाएको छ। कांग्रेस प्रबक्ता बिश्वप्रकाश शर्माले बिज्ञप्ति जारि गरेर सरकारको नियतमाथि सरोकारवालाहरुले गम्भीर प्रश्न उठाइसक्दा पनि प्रधानमन्त्रीको मौनता जारि रहेको बिषयमा नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन।

भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बांकेलाई संस्थान मातहतमा ल्याउने भनेर गहिरो अध्ययन, बिज्ञ परामर्श र सरोकारवालाहरुसंग कुनै छलफल बिना बजेटमा उल्लेख हुनुले त्यसपछिल्तिरको सरकारको निश्चित नियतलाई प्रष्ट गरिसकेको बिज्ञप्तिमा उल्लेख छ।

” गम्भीर विमर्श पश्चात मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने संवेदनशील बिषयलाई हाल यथास्थितिमा राख्न नेपाली कांग्रेस काम चलाउ सरकारलाई चेतावनी दिन दिन चाहन्छ ।,” बिज्ञप्तिमा भनिएको छ।

०४६ को परिवर्तन पश्चात् नेपाली कांग्रेसको नीति र नेतृत्वमा स्वदेशी र वैदेशिक सहयोगमा स्थापित र विकसित केहि क्यान्सर अस्पतालहरुलाइ विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरुको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत भएको कांग्रेसको भनाइ छ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ५ : ०२ बजे