मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद बिस्तार : गृहमन्त्रीमा खगराज, आजै नयाँ मन्त्रीको शपथ



प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनर्गठन गरेर पूर्णता दिन लागेका हुन् ।यसअघि प्रधानमन्त्रीले सात वटा मन्त्रालय आफैले राखेर १७ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । आज त्यसलाई विस्तार गर्दै पूर्णता दिन लागेको एमाले नेताहरुले बताएका छन ।

बिस्तारित मन्त्रिपरिषदमा ६ जना क्याविनेट र एक जना राज्यमन्त्री हुने छन्।गृहमन्त्री पदका दाबेदार युवा संघका संस्थापक अध्यक्ष महेश बस्नेतलाई निराश बनाउँदै ओलीले अधिकारीलाई गृहमन्त्री बनाउने भएका हुन्। । त्यसैगरी कैलालीका नारदमुनि राना वनमन्त्री, मोहन बानियाँ विनाविभागीय र नैनकला थापा सञ्चारमन्त्री बन्ने भएकी छिन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी उनी सञ्चारमन्त्री बन्न लागेकी हुन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहिबार  ८ : ४८ बजे