मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभामुख सापकोटाले दलका शिर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुसँग आज छलफल गर्दै



प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु छलफल गर्दैछन् ।सभामुख सापकोटाले दलका शिर्ष नेताहरु र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल् गर्ने भएका छन्।

छलफल् आज दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा हुने संघीय संसद सचिवालयले जनाएको छ ।

सरकारले प्रतिनिधि सभा विघटन गरेसँगै सभामुख सापकोटाले छलफललाई तिव्रता दिइरहेका छन् । उनले यसअघि पूर्व सभामुखहरु र कानुनविद्सँग छलफल गरेका थिए केही दिन अघि कानुनविद्हरुसँगको छलफलमा उनले आवश्यकता परेमा देश र जनताको हितलाई केन्द्रमा राखेर आफुले असाधारण कदम चाल्ने बताएका थिए ।

सभामुख सापकोटाले छलफलका लागि प्रधानन्त्री केपी शर्मा ओलीलाई पनि बोलाएका छन् । सभामुख सापकोटाले बोलाएको छलफलमा प्रधानमन्त्री नजाने प्रधानमन्त्रीसम्वद्ध स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  २ : ३४ बजे