मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वृहत नागरिक आन्दोलनका अगुवाहरु बालुवाटारबाट पक्राउ



सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको विरोधमा वृहत् नागरिक आन्दोलनले शुक्रबार बालुवाटारमा गरेको विरोध प्रदर्शनमा सहभागि बृहत नागरिक आन्दोलनका अगुवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।

बालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेती लगायत ८ जनालाई बालुवाटारबाट प्रहरीले पक्राउ गरेको छ ।उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा लगिएको छ ।

नागरिक आन्दोलनले सत्ता निकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शनको तयारी गरिरहेकै बेला उनीहरुलाई प्रहरीले पक्रेकाे हाे।

प्रदर्शनका क्रममा स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो जस्ता प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ५ : ४८ बजे