मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रष्टद्वारा नुवाकोटमा स्वास्थ्य सामाग्री हस्तान्तरण



यसोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रष्टले नुवाकोटका स्वास्थ्य संस्थाहरुलाई बिभिन्न स्वास्थ्यसामाग्रीहरु सहयोग गरेको छ।ट्रष्टले ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसी को उपस्थितिमा अक्सिजन कनसनटेटर ९ थान, माक्स १० हजार पिपिई २५ थान लगायत् का स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको हो।

ट्रस्टले जिल्लामा अक्सिजनको अभाव हुन नदिन जिल्लाभित्र रहेको देउरालि प्राथमिक स्वास्थ्य केन्द्र ,खरानिटार अस्पताल ,प्राथमिक स्वास्थ्य केन्द्र ककनीमा २ महिना सम्म दैनिक ५५ थान अक्सिजन सिलिन्डर उपलव्ध गराएको छ।

तेस्तै जिल्लास्थित त्रीशुलि अस्पताललाइ ट्रस्टले दुइ आइसियु बेड उपलब्ध गराउने भएको छ भने ट्रष्टले बिहीबार जिल्लाका म्यागङ गाउँपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिकालाई ३–३ थान गरी अक्सिजन कन्सन्टेटर ९ थान, माक्स १० हजार, पीपीई २५ थान दिएको छ।

सहयोग सामाग्री जुटाउने क्रममा सहयोग् पुर्याउने क्यालिफोनिया निबासी श्री धनन्जयनर्सिङ केसि, नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की ,माहसचिब डा.बद्री रिजाल ,अमेरिकन मेडिकल फाउन्डेसनका डा. भुपेन्द्र बस्नेत लगायतलाइ यसोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रष्टले धन्यबाद ज्ञापन गरेको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ८ : ०७ बजे