मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप ३७५० जनामा संक्रमण पुष्टि ६७ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा थप ३७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ५२२ जना निको भएका छन् । शुक्रबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६७ रहेको छ ।

देशभर हालसम्म ६ लाख ४ हजार ३९६ जनामा पिसिआर र १८ हजार ७५५ जनामा एन्टिजेनबाट कोरोना पुष्टि भएको छ ।

त्यसमध्ये ५ लाख २० हजार ५१६ संक्रमित निको भएका छन् । कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ३०५ रहेको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  ११ : ४९ बजे