थप ३७५० जनामा संक्रमण पुष्टि ६७ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा थप ३७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ५२२ जना निको भएका छन् । शुक्रबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६७ रहेको छ ।

देशभर हालसम्म ६ लाख ४ हजार ३९६ जनामा पिसिआर र १८ हजार ७५५ जनामा एन्टिजेनबाट कोरोना पुष्टि भएको छ ।

त्यसमध्ये ५ लाख २० हजार ५१६ संक्रमित निको भएका छन् । कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ३०५ रहेको छ ।

प्रकाशित मिति : जेष्ठ २८, २०७८ शुक्रबार  ११ : ४९ बजे