मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाधिवेशनबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै



नेपाली कांग्रेस पदाधिकारी शनिबार बस्ने भएको छ।बैठक् सभापति देउवा निबास बूढानीलकण्ठमा शनिबार अपरान्ह २ बजे बस्ने छ।बैठकमा पार्टीको १४औं महाधिवेशनबारे छलफल र निर्णय हुने बताइएको छ। महाधिवेशन अनिश्चित बन्दै गइरहेको बेला देउवाले भदौमा महाधिवेशन गर्न आफू प्रतिवद्ध रहेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

कांग्रेसका ७ जना युवा नेताले महाधिवेशन सम्पन्न गर्न वैकल्पिक उपाय खोज्नुपर्ने भन्दै सभापति देउवालाई भेटेर दबाब दिएपछि देउबाले बिज्ञप्ति जारि गरेर भदौमा महाधिवेशन गर्न आफू प्रतिवद्ध रहेको बताएका थिए।कांग्रेसका सभापति देउवाइतर नेताहरुले भने सभापति देउबाले समय हुदा सम्म महाधिबेशन गर्न आलटाल गरेको बताउदै आएका छन्।

भोलिको बैठकमा कोरोना संकटका बीच कसरी महाधिवेशन सम्पन्न गर्ने भन्ने विकल्पबारे छलफल हुने बताइएको छ।भदौ ७ देखि १० सम्म काठमाडौंमा कांग्रेसको महाधिवेशन गर्ने कार्यतालिका भएपनि क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम नसकिएकाले अन्योल् उत्पन्न भएको छ।

प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार  १२ : ३७ बजे