मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैद्यलाई अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न कांग्रेसको निर्देशन



दिने नेपाली कांग्रेसले प्रदेश सांसद नरोत्तम वैद्यलाई अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिइएको छ ।बागमती प्रदेशसभाको बैठकमा विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनलै अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिइएको कांग्रेस प्रबक्ता बिश्वप्रकाश शर्माले जानकारि दिए।

“नेपाली कांग्रेस प्रष्ट छ अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिंदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन । शान्तिपूर्ण राजनीतिको सालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुन्छ ।”प्रबक्ता शर्माद्वारा जारि बिज्ञप्तिमा भनिएको छ, “हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन । पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोही बमोजिम आफुलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ ।”

प्रदेश सांसद नरोत्तम वैद्यले प्रदेश सभामा बोल्दै प्रधानमन्त्री ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्‍यो भन्ने अभिब्यक्ति दिएका थिए।उनको अभिब्यक्तिको सर्बत्र आलोचना भएको छ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ५ : २१ बजे