मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैद्यले आत्मालोचनासहित फिर्ता लिए बिबादित अभिव्यक्ति



बागमती प्रदेशसभाका कांग्रेस सांसद नरोत्तम वैद्यले प्रदेश सभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएको घोषणा गरेका छन् ।शनिबार प्रदेश सभाको बैठक सुरु भएलगत्तै सभामुखसँग समय मागेर वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिएका हुन् ।

प्रधानमन्त्री केपी ओलीसँग व्यक्तिगत रुपमा कुनै रिसइवी नभएको भन्दै उनले भावावेशमा आएर अभिव्यक्ति दिएको भन्दै आत्मालोचना गरेका हुन् । उनले अभिव्यक्ति गलत रहेको स्वीकार गर्दै माफी मागेका हुन् ।
आफ्ना कुरा पढेर सुनाउँदै उनले शुक्रबारकाे अभिव्यक्ति रेकर्डबाट हटाउन समेत अनुराेध गरेका छन्।

यसअघि कांग्रेसले बागमती प्रदेशसभाको बैठकमा विवादास्पद अभिव्यक्ति दिने सांसद वैद्यलाई अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिइएको जनाएको थियो।शुक्रबार प्रदेश सभामा भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले प्रधानमन्त्रीविरुद्ध गोड्से बन्न तयार हुनुपर्ने भनेका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ९ : २८ बजे