मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्रबार थप २७६८ जनामा संक्रमण पुष्टि,४४ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा थप २७६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५६९ जनाको पिसिआर र ५ हजार ४६८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा ४०२० संक्रमित निको भएका छन् । शुक्रबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४ रहेको छ ।यससगै कोरोनाबाट हालसम्म ८ हजार ६४१ जनाले ज्यान गुमाइसकेका छन।

नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख १७ हजार ९४७ जनामा र एन्टिजेन परीक्षणबाट २४ हजार ८६१ जनामा कोरोना संक्रमण पाइएको छ ।त्यसमध्ये ५ लाख ४९ हजार ६८२ संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ८ हजार ६४१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ५ : २४ बजे