शुक्रबार थप २७६८ जनामा संक्रमण पुष्टि,४४ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा थप २७६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५६९ जनाको पिसिआर र ५ हजार ४६८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा ४०२० संक्रमित निको भएका छन् । शुक्रबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४ रहेको छ ।यससगै कोरोनाबाट हालसम्म ८ हजार ६४१ जनाले ज्यान गुमाइसकेका छन।

नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख १७ हजार ९४७ जनामा र एन्टिजेन परीक्षणबाट २४ हजार ८६१ जनामा कोरोना संक्रमण पाइएको छ ।त्यसमध्ये ५ लाख ४९ हजार ६८२ संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ८ हजार ६४१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार  ५ : २४ बजे