शनिबार २४०१ जनामा संक्रमण पुष्टि, ३४ ले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा २४०१ जना कोरोना भाइरस संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३६६० संक्रमित निको भएका छन् । शनिबार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४ रहेको छ ।

प्रकाशित मिति : असार ५, २०७८ शनिबार  ४ : ५५ बजे