पूर्व सञ्चार राज्यमन्त्री एबम कांग्रेस नेता विष्टको निधन



पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री एबम नेपाली काँग्रेसका नेता तप्त बहादुर विष्टको निधन भएको छ । आइतबार विहान ५ बने ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण विष्टको निधन भएको हो ।

कोरोना संक्रमण भएपछि जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा विष्ट भर्ना भएका थिए । विष्टको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गतेदेखि काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा थप उपछर गरिएको थियो।पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट पूर्व संविधान सभा सदस्य थिए ।

उनको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री डा शशाङ्क कोइराला, लगायत नेताहरुले दुख प्रकट गरेका छन।

प्रकाशित मिति : असार ६, २०७८ आइतबार  ८ : ५८ बजे