निर्वाचन आयोगले जनता समाजवादी पार्टी ९जसपा०को अध्यक्ष उपेन्द्र यादवको दावीबारे अर्का अध्यक्ष महन्थ ठाकुर पक्षसँग लिखित जवाफ माग गरेको छ ।यादव पक्षले असार ४ गते केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित आधिकारिकतासम्बन्धी विवाद निरुपण गरिपाउँ भनी निर्वाचन आयोगमा पत्र पेश गरेका थिए ।
आयोगको बैठकले यादव पक्षका दावीको विषयमा लिखित जवाफ पेश गर्न महन्थ ठाकुर पक्षलाई १५ दिनको सूचना दिएको छ ।यसअघि उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एक अर्को पक्षलाई कारबाही गरी दल दर्ता किताबमा रहेको विवरण सच्याउन दिएको निवेदनलाई आयोगले दुबै पक्षको दावी नपुग्ने भन्दै अस्वीकार गरेको थियो ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ ९१० मा दलको आधिकारिकतासम्बन्धी विवाद भए पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिता दावी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको मितिले ३० दिनभित्र आयोगमा आधार र प्रमाणसहित दावी पेश गर्नुपर्ने व्यवस्था छ ।








