सत्तारूढ एमालेले सर्वोच्च अदालतको अन्तरिम आदेशले देशलाई थप जटिलतातिर धकेल्ने प्रतिक्रिया दिएको छ ।
आजै मन्त्रिपरिषद् पुनर्गठन बदर गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशपछि एमालेको यस्तो प्रतिक्रीया आएको हो।
नेकपा एमालको प्रवक्ता प्रवक्ता तथा पूर्व मन्त्री प्रदिप ज्ञवालीले सर्वोच्च अदालतले आज दिएको फैसला अप्रत्यासित भएको बताए।
“सर्वोच्च अदालतको निर्णय अप्रत्याशित हो । यसले देशको राजनीतिलाई जटिलतातिर धकेल्ने मात्र नभएर दूरगामी प्रभावसमेत पार्छ,” उनले भने ।
काम चलाउ सरकारले विस्तार गरेको मन्त्रिपरिषद बदर गर्नुपर्ने मागसहित परेको रिटमा प्रधानन्यायाधीशकै इजलाशले आज अन्तरिम आदेश जारी गरी २० जना मन्त्रीहरुलाई पद मुक्त गरिदिएको थियो ।








