बिहिबारको मौसम : केही स्थानमा भारी वर्षा,सतर्कता अपनाउन अनुरोध



आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भइ प्रदेश नम्बर–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।दिउँसो वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जनरचट्टयाङसहित भारी वर्षाको सम्भावना छ ।

हाल वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा र वाग्मती, प्रदेश नम्बर–५ र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले जारि गरेको आगामि तिन दिनको मौसमको पुर्बानुमान

प्रकाशित मिति : असार १०, २०७८ बिहिबार  ९ : २७ बजे