प्रतिनिधिसभा विघठनविरुद्ध विद्यार्थी सङ्गठनको विरोध प्रदर्शन



विभिन्न दल निकट विद्यार्थी संगठनले आज प्रतिनिधिसभा विघठनविरुद्ध प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरका छन् । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी), जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौँ) लगायतले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।
कोभिड–१९ सङ्क्रमणलाई ध्यान दिएर स्वास्थ्य सुरक्षा अपनाएर विरोध प्रदर्शन गरिएको बिधार्थि नेताहरुले जानकारि दिएका छन।प्रधानमन्त्रीले नेपाली जनताको त्याग,बलिदान र समर्पणको जगमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, विधिको शासन र संविधानलाई तहसनहस बनाउने काम गरेकोले आन्दोलन गर्नुपरेको विद्यार्थी संगठनले बताएका छन।

गत जेठ ८ गते विघटित प्रतिनिधिसभाको विषयमा सर्वाेच्च अदालतमा सुनुवाइ भइरहेको छ ।सर्बोच्चमा सुनुवाइ चलिरकेको मुद्दामा सडक आन्दोलन गरिएकोप्रति केहिले आलोचना पनि गरेका छन भने केहिले कोरोना सङ्क्रमण झन फैलन सक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन।

प्रकाशित मिति : असार १०, २०७८ बिहिबार  ७ : ०४ बजे