नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्न क्रियाशील सदस्य बिबाद टुंगो लाग्न नसकेपछि छलफल गर्न आइतबार दिउँसो २ बजे सभापति देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।
बैठकमा महाधिवेशनका तयारीबारे पनि छलफल हुने बताईएको छ । कांग्रेसमा यतिबेला क्रियाशील सदस्यता सम्बन्धी परेका उजुरीबारे छानविन भइरहेको छ। क्रियाशील सदस्यतामा बढि उजुरी परेको र केहि जिल्लामा बढि बिबाद देखिएपछि उक्त बिबाद कसरी टुंग्याउने भन्नेबारे आजको बैठकमा छलफल् हुने कांग्रेसका एक नेताले जानकारि दिए।
क्रियाशील सदस्यता इन्ट्री गर्न बाँकी निर्वाचन क्षेत्रलाई क्रियाशील सदस्यता छानबिन समितिले असार १२ गतेसम्मको समय दिएको भएपनि अझै धेरै ठाउबाट सदस्यता इन्ट्री गर्न बाँकी रहेको क्रियाशील छानविन समितिले जनाएको छ।प्रदेश २ का जिल्लाहरुमा बढि बिबाद् कायम रहेको छ । बारा र सप्तरीका आठवटै निर्वाचन क्षेत्रले क्रियाशील सदस्यता इन्ट्री नै गरेका छैनन् भने धनुषाको एउटा निर्वाचन क्षेत्रले सदस्यता सूची पठाए पनि नाम विवादका कारण सार्वजनिक गरिएको छैन ।
क्रियाशील सदस्यताको काम समयमा सम्पन्न गर्न नसके भदौ १६ १९ गतेका लागि तय गरिएको कांग्रेस महाधिवेशन फेरि प्रभाबित् हुन सक्ने भएकोले क्रियाशील सदस्यताको बिबाद जसरि पनि हल गर्नेगरि नेताहरुले काम गरिरहेको बताइएको छ।








