नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिदै जादा नेताहरुको छलफल र भेटघाट बाक्लिएको छ। कांग्रेसको १४ औँ महाधिवेशनबारे आज पार्टीका तीन नेताबीच आज छलफल भएको छ । पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला निवास मण्डिखाटारमा भएको भेटमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए।
नेतृ कोइरालाले पौडेल र सिटौलालाइ आफ्नै निवास मण्डिखाटारमा डाकेर लञ्च मिटिङ गरेकी हुन् ।सहमति, सहकार्य र एकताका साथ आसन्न महाधिवेशन अगाडि बढाउने भन्ने बारेमा केन्द्रीत रहेर सो अवसरमा छलफल भएको केन्द्रीय सदस्य कोइरालाले जानकारी दिइन । “गुट उपगुटका कारण पार्टी कमजोर भयो, आगामी महाधिवेशनमा पार्टीलाई कसरी बलियो र एकताबद्ध बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको हो”, उनले भनिन ।अब अन्य नेतासँगै जिल्लातहका नेता कार्यकर्ताहरुसँग पनि छलफल गर्दै जाने नेतृ कोइरालाले जानकारि दिइन।
बीपी पुत्र डा. शशांक कोइराला गणेशमान पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र निधिले महाधिबेशन केन्दृत् छलफल थालेपछि नेतृ कोइरालाले छलफल थालेको उनि निकट एक नेताले जानकारि दिएका छन।
पार्टीको महाधिवेशन आउन दुई महिना बाँकी रहँदा अहिले कांग्रेसका नेताहरुबीच नेतृत्वका लागि छलफल र भेटघाट बाक्लिएको छ केही दिन अगाडिमात्र पार्टीका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा सशाङ्क कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच निधी र कोइराला निवासमा भेटघाट भइसकेको छ ।सभापति शेरबहादुर देउवाले सभापतिमा पुन उम्मेद्वारि दिने घोषणा गरेर भेटघाट र प्रचार प्रसार समेत् थालिसकेका छन भने देउवा इतर समुहमा आधि दर्जनजति नेताहरुले सभापतिमा दाबि गरेर भेटघाट र छलफल मार्फत आफुलाइ सहयोग गर्न एक अर्कालाइ आग्रह गरिरहेका छन।
यस्तै, सभापति शेरबहादुर देउवाले पनि आगामी महाधिवेशनमा अन्तिम पटक सभापति लड्ने भन्दै आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफल अगाडि बढाएका छन। । कांग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदैछ ।








